भारत कोरोनाबाट प्रभावित हुनेमा विश्वको दोस्रो स्थानमा

2 years ago

भारत कोरोनाबाट प्रभावित हुनेमा विश्वको दोस्रो स्थानमा

भारत कोरोना भाइरस  बाट संक्रमित हुनेको संख्याको आधारमा  विश्वको दोस्रो स्थानमा पुगेको छ ।

भारतमा कोरोनाको संख्या बढ्दै गएपछि अहिले भारत  ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा पुगेको  हो । हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ भने  गएको  २४ घण्टामा  भारतमा  ९० हजार ८०२ जना नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म ब्राजिलमा कोरोना भाइरसको ४१ लाख ४० हजार भन्दा बढी  संक्रमित भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमणबाट  ७१ हजार ६४२ जनाको मृत्यु भईसकेको छ   भने पछिल्लो २४ घण्टामा एक हजार १६ जनाको मृत्यु भएको हो मृतक संख्याको आधारमा  भारत विश्वको तेस्रो स्थानमा रहेको छ ब्राजिलमा अहिलेसम्म कोरोनाको कारण एक लाख २६ हजार ६५० जनाको मृत्यु भइसकेको छ ।

भारतमा  ३२ लाख ५० हजारभन्दा धेरै संक्रमित निको भएर घर फकिसकेका  छन् भने  आठ लाख ८२ हजारभन्दा धेरै संक्रमित उपचारत अवस्थामा रहेका छन ।