भारतले नेपाललाई २ हजार थान रेमडेसिभर इन्जेक्सन् प्रदान

2 years ago

भारतले नेपाललाई २ हजार थान रेमडेसिभर इन्जेक्सन् प्रदान

कोरोनाको उपचारका लागि भारत सरकारले नेपाललाई २ हजार थान रेमडेसिभर इन्जेक्सन् प्रदान गरेको छ ।

सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई उक्त रेमडेसिभर इन्जेक्सन् हस्तान्तरण गर्नुभयो । कार्यक्रममा श्रृंगलाले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाललाइ सदैव सहयोग गर्ने बताउनुभयो ।

विश्वका कतिपय देशहरुमा कोरोना भ्याक्सीनको परिक्षण भइरहेको भन्दै उहाँले भ्याक्सिन आम रुपमा उपलब्ध भए भारतले सवैभन्दा पहिले नेपाललाई प्रदान गर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाल र भारतको दुईपक्षीय सम्बन्ध सम्भयतासँग जोडिएको भन्दै थप प्रगाढ रुपमा सम्बन्ध अघि बढाउने जिकिर गर्नुभयो ।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनालगाएत अन्य जस्तोसुकै चूनौतिलाई प्ररास्त गर्न पनि दुईदेश एक भएर अघि बढने बताउनुभयो । नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो ।

त्यसअघि बिहीबार नै मन्त्री ज्ञवालीसंग सचिव श्रृंगलाले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।