भारतमा २४ घण्टामा ३२ हजार ६९५ नयाँ संक्रमित थपिए

2 years ago

भारतमा २४ घण्टामा ३२ हजार ६९५ नयाँ संक्रमित थपिए

भारतमा २४ घण्टामा   ३२ हजार ६९५ कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

थपिए सँगै भारतमा कोरोना भाइरसको जम्मा  संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६०६ जनाको मृत्यु भएको छ भने भाइरसबाट मृत्यु हुनेको संख्या  २४ हजार ९१५ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढी संक्रमित फेला पर्दा १० हजार ९२८ जनाको मृत्यु भएको छ । तामिलनाडुमा एक लाख ५१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने दुई हजार १६७ जनाको मृत्यु भएको छ ।

दिल्लीमा  एक लाख १६ हजारभन्दा धेरै संक्रमित हुदाँ  तीन हजार ४८७ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस संक्रमितबाट निको हुनेको संङ्ख्या ६ लाख १२ हजार ८१५ पुगेको छ।