भारतमा १० लाख भन्दा बढीमा कोरोना संक्रमण

2 years ago

भारतमा १० लाख भन्दा बढीमा कोरोना संक्रमण

भारतमा  १० लाख भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको   संक्रमण  १० लाख तीन हजार ८३२ पुगेको  भारतको स्वास्थ्य मन्त्रालयले जनाएको  छ । पछिल्लो २४ घण्टामा   ३४ हजार ९५६ नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोना भाइरसबाट २५ हजार ६०२ जनाको मृत्यु  भईसकेको छ ।  बढ्दो कोरोना संक्रमणको विषयलाई लिएर विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै  बढ्दो संक्रमण रोक्न ठोस र योजनाबद्ध कदम चाल्नु जरुरी रहेको बताएका छन् । भारतमा अहिलेसम्म   ६ लाख ३५ हजार ७५७  जना निको  भइसकेका छन् ।