भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जना कोरोना संक्रमित

2 years ago

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जना कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा  ४५ हजार ५९९ जना कोरोना संक्रमित भएको छ ।

भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। २४ घण्टाभित्र भारतमा ४५ हजार ५९९ जना नयाँ संक्रमण थपिए सँगै भारत विश्वकै धेरै संक्रमित हुने मुलुकहरुमध्ये  तेस्रो स्थानमा रहेको छ । गएको ५ दिनभित्र भारतमा झण्डै २ लाखको हाराहारीमा संक्रमित थपिएका छन् ।

अहिले सम्म भारतमा यसअघि  कुनैपनि दिन यति धेरै  संक्रमित थपिएको थिएन । भारतमा १२ लाख ३९ हजार ६८४ जना संक्रमित फेला पारेको छ ।  यो सँगै भारत  एसियाकै धेरै संक्रमित हुने मुलुक बनेको छ । भारतमा कोभिड - १९ को कारण ज्यान गुमाउनेको संख्या २९ हजार ८९० पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ७ लाख ८४ हजार २६६ जना पुगेको छ ।