भारतमा कोरोना विरुद्धको खोपका लागि ३५ हजार करोड बजेट

2 years ago

भारतमा कोरोना विरुद्धको खोपका लागि ३५ हजार करोड बजेट

भारतमा कोरोना विरुद्धको खोप कार्यक्रमको लागि ३५ हजार करोडको बजेट विनियोजन गरिएको छ । 

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२१÷२२ का लागि बजेट भाषणको क्रममा कोरोना खोपका लागि उक्त बजेट विनियोजन गरिएको बताउनुभएको हो । अर्थमन्त्री सीतारमणले उक्त बजेट सर्वसाधारणलाई कोभिड विरुद्धको खोपमा खर्चिने भारतीय सञ्चारमाध्यम बताउनुभएको हो ।

भारतमा करिब ८० करोड ब्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । त्यस अनुसार करिब ५६ हजारदेखि ७२ हजार करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । कोरोना विरुद्धको खोप लगाउँदा प्रतिब्यक्ति सात सयदेखि नौ सय भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

उक्त बजेटबाट ३८ करोडदेखि ५० करोड ब्यक्तिलाई खोप पुग्ने भएको छ । खोप भारतको स्वास्थ्य बजेट १३७ प्रतिशतले वृद्धि गरेको बताउनुभएको छ । जस बमोजिम स्वास्थ्य बजेट दुई दशमलब चार लाख करोड पुगेको छ ।