भारतमा कोरोनाको कारण २८ हजारभन्दा बढीको मृत्यु 1 year ago

2 years ago

भारतमा कोरोनाको कारण २८ हजारभन्दा बढीको मृत्यु  1 year ago

भारतमा कोरोनाको कारण २८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा दैनिक रुपमा सङ्क्रमितको संख्या बढ्दै गएको छ  भने अहिले   कोरोना सङ्क्रमित हुने देशमा विश्वको  तेस्रो स्थानमा रहेको छ । एसियालीकै सबैभन्दा बढी कोरोना भइरस सङ्क्रमित भारतमा फैलिरहेको छ  । भरतमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख ५४ हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ ।

भारतमा सोमबार मात्रै ५ सय १६ जनाको मृत्यु भएको छ । अहिले सम्म भारतमा  ७ लाख २४ हजार जना कोरोनाबाट निको भएर घर फर्किसकेका छन् । भारतीय राज्यहरुमध्ये सङ्क्रमितका आधारमा पहिलो स्थानमा महाराष्ट्र, दोस्रोमा तामिलाडु रहेको छ भने दिल्ली तेस्रो स्थानमा रहेको छ ।

पछिल्लो समयमा दिल्लीमा सङ्क्रमितको सङ्ख्या घटेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।