भारतमा एकै दिनमा ३८ हजार ९०२ जना कोरोना भाइरस संक्रमित थपिए 1 year ago

2 years ago

भारतमा एकै दिनमा ३८ हजार ९०२ जना कोरोना भाइरस संक्रमित थपिए  1 year ago

भारतमा एकै दिनमा  ३८ हजार ९०२ जना  कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । भारतमा २४घण्टा भित्र  ५४३ जनाको मृत्यु भएको छ ।

भने भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ ।भारतको महाराष्ट्रमा  तीन लाख  भन्दा बढी कोरोना संक्रमित भएको छ भने तामिलनाडुमा एक लाख ६५ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दिल्लीमा पनि एक लाख २१ हजारभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएका छन् ।

भारतमा  २४ घण्टा भित्र   तीन लाख ५८ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको भारतीय अयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर० ले बताएको छ ।  भारतमा अहिलेसम्म एक करोड ३७ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको आईसीएमआरले बताएको छ ।

भारतमा अहिलेसम्म ६ लाख ७७ हजार ४२३ संक्रमित निको  भइसकेका छन् ।