भारतबाट भित्रिएका व्यक्तिले कोरोना संक्रमण बढाएको गुनासो

2 years ago

भारतबाट भित्रिएका व्यक्तिले कोरोना संक्रमण बढाएको गुनासो

अवैध रुपमा भारतबाट भित्रिएको  भारतिय कामदारले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलाएको गुनासो आउन थालेको छ ।

होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णय पछि पर्सा(बारा औद्योगिक करिडोरमा रहेको उद्योगले भारतबाट कामदार भित्राएका हुन् । भारतीय मजदुर अवैद्य रुपमा ल्याएर कोरोनाको संक्रमण फैलाएको व्यापक जनगुनासो आएको पर्साको सहायक प्रमुक जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

उद्योग सञ्चालन गर्न सरकारले मापदण्ड तोकेको छ भने पिसीआर परीक्षणलाई अनिवार्य गरिएको छ कामदारलाई १४ दिन क्वारेन्टाइमा राखेर पिसीआर परिक्षण गराउनुपर्ने र उद्योग परिसरभित्रै बस्ने व्यवस्था मिलाउनुपर्छ ।

यो मापदण्डलाई पर्सा बारा औद्योगिक करिडोरका अधिकांश उद्योगले पालना नगरेको त्यहाँको स्थानीयहरुको गुनासो रहेको छ ।