भ्याक्सिन अभावका कारण कोरोनाविरुद्धको खोप अभियान स्थगित

2 years ago

भ्याक्सिन अभावका कारण कोरोनाविरुद्धको खोप अभियान स्थगित

कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताएका छन ।

सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको मध्येको आधा मात्रै खोप आएकाले हाललाई अभियान स्थगित गरेको हो । कोभ्याक्स सुविधा मार्फतको खोप पनि लक्ष्यअनुसार नआउँदा अभियान स्थगित हो ।

माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा चैत ३ गतेसम्म चलेको थियो । हालसम्म १६ लाख ४४ हजार ५ सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । सरकारले खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको १० हप्ता देखि १२ हप्ताको बीचमा दिने योजना बनाएको छ ।