बढी भाडा नर्तिन पनि यात्रुलाई आग्रह: यातायात व्यवस्था विभाग

2 years ago

बढी भाडा नर्तिन पनि यात्रुलाई आग्रह: यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन आग्रह गरिएको बिभागले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने बिभागको भनाई छ ।

त्यस्तै विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन पनि यात्रुलाई आग्रह गरेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडामा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो ।

तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ । भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।