बीएमडब्ल्यू कम्पनीलाई कोरोनाको कारण ७ सय ८७ मिलियन डलर घाटा

2 years ago

बीएमडब्ल्यू कम्पनीलाई कोरोनाको कारण ७ सय ८७ मिलियन डलर घाटा

कोरोना महामारीको कारण बीएमडब्ल्यू कम्पनीलाई ७ सय ८७ मिलियन डलर घाटा भएको छ । तर पनि कम्पनीले यस वर्ष फाइदा हुने आसा बोकेको छ ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण कम्पनिको गाडीको बिक्रीमा ठूलो गिरावट आएपछि उक्त घाटा भएको हो । बीएमडब्ल्यू, मिनी र रोयल्स राइस जस्ता लक्जरी कारहरू निर्माण गर्ने कम्पनीले बुधबार भने, अवस्था सुधार हुन थालेको छ र यसमा चीन पनि समावेश छ। तर महामारीको समयमा बिक्रीमा आएको कमी छिटो क्षतिपूर्ति नहुने देखिएको छ ।

कम्पनीले भने, ‘भविष्यको लागि गरिएको अनुमानहरुमा कोरोना महामारीको दोस्रो छाल वा बजारमा ढिलो गति जस्ता चीजहरुको ध्यान लिएको छैन।’ महामारीले विशेष गरी फियाट क्रिसलर, फोर्ड र डेमलर जस्ता कम्पनीहरूलाई चोट पुर्याएको छ।