बाइडेनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित

2 years ago

बाइडेनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित

अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ। माथिल्लो सदनबाट बहुमतसहित पारित प्रस्तावलाई बुधवार तल्लो सदनमा पार्टीगत बहुमतबाट पारित भएको हो।

मतदान हुँदा एकजना बाहेक सबै डेमोक्र्याट सांसदले यसको समर्थन गरेका थिए । तर रिपब्लिकन दलका सांसदहरूले भने प्रस्तावमा विरोध जनाएका छन् । राष्ट्रपति बाइडनले शुक्रवार यसमा हस्ताक्षर गर्ने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्याकेजमा अधिकांश अमेरिकीहरूले पाउने गरि एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल छ। यसले बेरोजगारहरूलाई दिने गरिएको साप्ताहिक ३ सय डलरको सुविधा सेप्टेम्बरसम्म जारी राख्ने समाचारमा जनाइएको छ ।

यो प्याकेजप्रति आमअमेरिकीहरूको समर्थन रहेको देखिएको छ। मार्चमा प्यू रिसर्च सेन्टरले गरेको मत सर्वेक्षणमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले यसको समर्थन गरे जसमा ४१ प्रतिशत रिपब्लिकन पनि थिए ।