फार्मेसी अनुगमन

2 years ago

फार्मेसी अनुगमन

जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले काठमाडौंको नीजि अस्पतालभित्र सञ्चालनमा रहेका औषधी पसलहरुको अनुगमन गरेको छ ।

प्रशासन कार्यालयका सहायक सिडियो नेतृत्वको टोलीले आइतबार काठमाडौंको भरोसा अस्पताल, भेनस अस्पताल र एभरेष्ट अस्पतालभित्र सञ्चालनमा रहेको औषधी पसलहरुको अनुगमन गरेको हो ।

सो क्रममा औषधीको व्यवस्थापन, म्याद भए नभएको र बिक्रिको अवस्थाका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो । अनुगमन टोलीले म्याद भएको र नभएको औषधी नछुट्टाएको , औषधी पसलभित्र फोहर रहेको पाएको थियो ।

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले औषधी पसलहरुमा देखिएका त्रुटीहरु सच्चाउनका लागि निर्देशन दिइएको जानकारी दिनुभयो । एक हप्ताभित्र सुधार गरेर प्रशासनमा जानकारी गराउन भनिएको उहाँले बताउनुभयो ।

म्याद सकिएका औषधीको व्यवस्थापनमा पनि औषधी पसलहरुको कमजोरी देखिएको अनुगमन टोलीले जनाएको छ । प्रशासन कार्यालयले खाद्य, यातायात र औषधी क्षेत्रको अनुगमनलाई तिव्रता दिएको छ ।