फाइजर भ्याक्सिनलाई डब्ल्यूएचओको अनुमति

2 years ago

फाइजर भ्याक्सिनलाई डब्ल्यूएचओको अनुमति

फाइजर र बायोनटेक कोभिड–१९ भ्याक्सिनलाई आपतकालिन प्रयोगको निम्ति विश्व स्वास्थ संगठनले अनुमति दिएको छ । विश्वभरका देशहरुलाई यस भ्याक्सिनको आयात र वितरणका लागि अनुमति प्रदान  गरिएको छ ।

यसअघि नै बेलायत, अमेरिका, क्यानेडा, युरोपेली युनियन लगायत विभिन्न देशहरुले यस भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएका थिए ।  विश्वको जनसंख्याको आवश्यकलाई नियाल्दै भ्याक्सिनको पर्याप्त मात्रामा उपलब्धता सुनिश्चित गर्न आवश्यकता छ।डब्ल्युएचओले संसारभरका विशेषज्ञहरुसँग भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र गुणस्तरका आँकडाबारे समिक्षा गरिएको जनाएको छ । 

डब्ल्यूएचओबाट स्विकृती पाउने फाइजर विश्वकै पहिलो भ्याक्सिन हो ।