पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल

2 years ago

पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल

पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ । 

हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष बिहीबार मनाईदैछ । पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ ।

हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पुजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् ।

यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ । त्यस्तै भक्तजनलाई मन्दिर प्रवेश गराउनका लागि सबै तयारी पुरा भएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।