परम्परागत रुपमा माघी पर्व मनाए

2 years ago

परम्परागत रुपमा माघी पर्व मनाए

परम्परागत रुपमा माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुल लगायतका परिकार खाएर मनाइएको छ ।  

यस दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारा लगायतका स्थानमा स्नान गर्नेको घुईचो लागेको थियो ।

यसदिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउ लगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।