प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टीको मसाल जुलुस

2 years ago

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टीको मसाल जुलुस

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी नेपालले शनिबार देशव्यापी मसाल जुलुस निकालेको छ । यसै क्रममा जनता समाजवादी पार्टी नेपाल सप्तरी पनि मसाल जुलुस निकालेको थियो । मसाल जुलुस प्रदर्शन गर्दै जसपाले असंवैधानिक कदम फिर्ता लिन माग गरेको छ । 

विघटनको विरोधमा स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुस सहित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् । मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, सर्वसत्तावादी मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।