प्रतिष्ठानद्वारा महानगरलाई अत्याधुनिक स्वाव कलेक्सन मोवाइल भेहिकल हस्तान्तरण

2 years ago

प्रतिष्ठानद्वारा महानगरलाई अत्याधुनिक स्वाव कलेक्सन मोवाइल भेहिकल हस्तान्तरण

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले काठमाडौं महानगरपालिकालाई अत्याधुनिक स्वाव कलेक्सन मोवाइल भेहिकल हस्तान्तरण गरेको छ ।

प्रतिष्ठान र महानगरबीच कार्तिक २५ गते भएको स्म्झौता अनुसार कोरोना महामारी नियन्त्रण र उपचारका लागि भन्दै अत्याधुनिक स्वाव कलेक्सन मोवाइल भेहिकल हस्तान्तरण गरिएको हो । आइतबार काठमाडौंमा प्रतिष्ठानले हस्तान्तरण गरेको उक्त भेहिकल मेसिन ५ लाख लागतमा निर्माण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले स्वाव कलेक्सन मोवाइल भेहिकल प्राप्त भएसंगै वडा वडामा गएर कोरोना परिक्षण गरिने बताउनुभयो । कन्ट्याक्ट ट्रेसिङ’मा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न सहज पुग्ने उहाँले बताउनुभयो ।

त्यस्तै प्रतिष्ठान र महानगरको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन बिभागबीच खाद्य पदार्थको अनुसन्धान गर्ने बिषयमा समेत  सम्झौता भएको छ ।