प्रचण्ड–माधव समुहले नै पार्टी फुटेको घोषणा गरेको द्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाई

2 years ago

प्रचण्ड–माधव समुहले नै पार्टी फुटेको घोषणा गरेको द्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाई

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रचण्ड–माधव समुहले नै पार्टी फुटेको घोषणा गरेको बताउनु भयो । 

पार्टी र संघीयताको रक्षा गर्नका लागि आफु ओलीको पक्षमा लागेको भट्टले तर्क गर्नुभयो । प्रचण्ड–माधव समुहको उद्देश्य नै कुर्सी प्राप्त गर्नु भएकाले पदका लागि पार्टी नै दाउमा लगाएको मन्त्री भट्टको भनाई छ । 

पुष पाँच गते संसद विघटन भएपछि नेकपा प्रधानमन्त्री ओलीपक्ष निर्वाचनको तयारीमा लागेको छ भने प्रचण्ड–माधव पक्ष संसद पुनःस्थापनाको माग गर्दै सडकमा संघर्ष गरिहरको छ ।