प्याज लुकाउने बल्खुका २ वटा पसललाई कारबाही

2 years ago

प्याज लुकाउने बल्खुका २ वटा पसललाई कारबाही

प्याजको कृतिम अभाव सिर्जना गरेको भन्दै बुधबार महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले प्याज लुकाउने बल्खुका २ वटा पसललाई कारबाही गरेको छ ।

बल्खु तरकारी बजारमा सञ्चालित एस के. सप्लायर्स र चुली सगरमाथा ट्रेडर्सलाई कालोबजारी गरेको भन्दै अनुगमन टोलीले कारबाही गरेको हो । 

दुई वटा फर्म दर्ता गरेर होलसेल र खुद्रा व्यापार सञ्चालन गर्दै आएका शुनिल केसीले गोदाममा करिब २ सय १९ बोरा प्याज हुँदाहुँदै खुद्रा पसलमा छैन भनेर बिक्री नगरेपछि उनलाई कालोबजारी गरेको आरोपमा आवश्यक कारबाही गर्न प्रहरीको जिम्मा लगाइएको छ ।

बुधबार बिहान साढे ६ बजे अनुगमन टोलीले केसीले प्याज गोदाममा लुकाएर कृतिम अभाव सिर्जना गरेको भेट्टाएको थियो । पक्राउ परेका व्यवसायी केसीले पनि प्याज लुकाएको  स्विकारेका छन् ।

अहिले काठमाडौंको खुद्रा बजारमा प्याजको भाउ १५० रुपैयाँसम्म पुगेको छ । अनुगमन समितिकी संयोजक तथा उपमेयर हरि