पदका लागि झूठ बोल्न सिपालु भएकै कारण केपी ओली सरकारबाट हट्न बाध्य भएको पुष्पकमल दाहाल प्रचण्डको भनाई

2 years ago

पदका लागि झूठ बोल्न सिपालु भएकै कारण केपी ओली सरकारबाट हट्न बाध्य भएको  पुष्पकमल दाहाल प्रचण्डको भनाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदका लागि झूठ बोल्न सिपालु भएकै कारण केपी ओली सरकारबाट हट्न बाध्य भएको बताउनुभएको छ । 

सोमबार माओवादी कार्यालयमा आयोजित सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा प्रचण्डले पदका लागि नै पार्टीलाई धोका दिएकै कारण नै ओली बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभएको हो । बालुवाटारबाट बालकोट जाँदा पैसा खर्च गरेर पञ्चेबाजा बजाइएको आरोप लगाउदै प्रचण्डले ओली नाटक गर्न निकै सिपालु गरेको तर्क गर्नुभयो ।

उहाँले पार्टीभित्रको झगडाले ओलीले निर्ममतापूर्वक प्रतिनिधिसभाको विघटन गरेको र ओलीसंग संगत गर्दा जलन भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्र र जनताप्रति निष्ठावान हुँदै पार्टीलाई अघि बढाइने धारणा राख्नुभयो ।

उहाँले एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भ्रष्टाचार माओवादीमा प्रवेश गर्न नदिइने प्रतिवद्धता जनाउनुभयो । गठबन्धनलाई टुटाउने षडयन्त्र भएकाले सवै षडयन्त्रलाई असफल बनाउने उहाँको भनाई छ ।

प्रचण्डले नेपालको परिवर्तनमा ज्यान आहुती गर्ने सहिदहरु र अग्रजहरु पार्टीका लागि गर्वको विषय भएको बताउनुभयो । प्रचण्डले नेपालको परिवर्तनमा ज्यान आहुती गर्ने सहिदहरु र अग्रजहरु पार्टीका लागि गर्वको विषय भएको बताउनुभयो ।