पचली भैरब जात्रा मनाइयो

2 years ago

पचली भैरब जात्रा मनाइयो

कोरोना महामारीकाबीच लिच्छवीकालीन पचली भैरव जात्रा बुधबार मनाइएको छ ।

असोज शुक्ल पंचमीको दिन दक्षिण कोलीय ग्राममा मध्य रातमा हुने जात्रा यस वर्ष भने बुधबार पहिलो पटक दिउँसो मनाइएको हो । यसअघि मंगलबार काठमाडौं भिमसेन स्थान थकु जुजुको घरबाट पचली भैरव मुर्ति रहेको घाम्पोलाई टेकुस्थित पचली भैरव पीठ पु¥याएको थियो । टेकुस्थित पचली भैरव मुख्य पिठ रहेको स्थानीय बताउछन् ।

पचली भैरव जात्रा व्यवस्थापन समितिले कोरोना महामारीका कारण जात्रालाई सिमित पारेको र पचली भैरव मुर्ति बोक्नेहरुलाई पीपीइएको व्यवस्थासहित सुरक्षा मापदण्ड समेत लागु गरेको छ ।

पचली भैरवको जात्रा पचली पीठ, टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु हुँदै हनुमानढोका दरवारमा लगेर जीवित देवी कुमारीलाई दर्शन गराउने चलन रहेको सास्कृतिकबिद् गौतमरत्न शाक्यले जानकारी दिनुभयो ।

धार्मिक मान्यता अनुसार भैरव राष्ट्रका रक्षक हुन् । त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने परम्परा छ । लिच्छविकालीन राजा गुणकाम देवले पनि कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाको लागि अष्टमातृकासँगै कान्तिपुर नगरको दक्षिण भेगमा क्षेत्रपालको रूपमा पचली आजुलाई स्थापना गरेको वंशावलीमा उल्लेख छ ।