पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि

2 years ago

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केही दिन अघिदेखि कोरोना भाइरससँग मिल्दा(जुल्दा लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनको पोजेटिभ रिपोर्ट आएको हो । यसअघि मणिपाल अस्पतालमा उपचाररत २ जना बिरामीमा कोरोना पुष्टि भएको थियो कोरोना पुष्टि भएका डाक्टरको स्वाब परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्टट्रेसिङको काम सुरू गरिसकेको बताइएको छ। डाक्टरलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिदैछ ।