नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको कार्तिक नाच सम्पन्न गरियो

2 years ago

नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको कार्तिक नाच सम्पन्न गरियो

हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाच अन्तर्गएकोको नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको कार्तिक नाच सम्पन्न गरिएको छ । गएको वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त नाच यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार राती र शनिबार राती दुई दिन मात्र प्रदर्शन गरिएको हो ।

विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको बध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन् । त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको हो ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ त्यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो भएको कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।