नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको शपथ

2 years ago

नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको शपथ

नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई शपथ खुवाउनुभएको हो । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

शपथ लगतै मन्त्री खड्काले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको छ । पदबहाली गर्दै मन्त्री खड्काले सवै राष्ट्रसंगको सम्बन्धनलाई सन्तुलन कायम गर्दै सरकार अघि बढ्ने बताउनुभयो । परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने उहाँले बताउनुभयो । एमसीसीलाई आफुले प्राथमिकतामा नरहेको र संयुक्त राष्ट्रसंघको भेलामा नेपालको कुटनीतिक विषयलाई उठाउने उहाँको भनाई छ ।

मन्त्री खड्काले परराष्ट्र मन्त्रालयलाई आधुनिक र प्रविधियुक्त बनाउने आफ्नो प्राथमिकता भएको जानकारी दिनुभयो ।