निर्वाचनपछि गठबन्धन दलहरु बिलाएर जाने केपी शर्मा ओलीको भनाई

2 years ago

निर्वाचनपछि गठबन्धन दलहरु बिलाएर जाने केपी शर्मा ओलीको भनाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि गठबन्धन दलहरु बिलाएर जाने बताउनुभएको छ । 

शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहहरु बिलाएर जाने बताउनुभएको हो । ओलीले मुलुकमा निर्वाचन हुन नदिन केहि दलहरुले अलोकतान्त्रीक तवरले अनेक प्रपच्न रहेको आरोप पनि लगाउनुभयो । गठबन्धनमा रहेका दलहरुले असंवैधानिक र अनैतिक काम गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखले पनि तमाशा देखाएको टिप्पणी गर्नुभयो । ओलीले अदालतको आदेशबाट अस्वाभाविक ढंगले अस्वाभाविक उद्देश्यका लागि वर्तमान सरकार बनेको उल्लेख गर्नुभयो । आफुले भ्रष्टचार अन्त्य गर्न प्रण गरे पनि अहिलेको सरकारले सेटिङमा अरवौको भ्रष्टाचारको खेल सुरु गरेको र त्यसका लागि सरकारले अहिले करको दायरा हेरफेर गरेको अध्यक्ष ओलीले बताउनुभयो ।

त्यस्तै अध्यक्ष ओलीले कर्मचारीलाई पनि सरकारले दुख दिन सुरु गरेको तर्क गर्नुभयो । ओलीले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका सदस्यहरु

निजामति कर्मचारी संगठनमा समाहित भएका थिए ।