नबिल बैंकले ऋणीलाई ०.२५ प्रतिशत छुट गरियो

2 years ago

नबिल बैंकले ऋणीलाई ०.२५ प्रतिशत छुट गरियो

नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशमलव  ०.२५ प्रतिशत छुट गरिएको  छ ।

विश्वमा फैलिरहेको  कोरोना महामारीलाई मध्य नजर गर्दै बैंकले आफ्ना ऋणीहरु समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन ।बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ ।

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालीन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजना बनाएको पनि बताएको  छ ।