नेप्से परिसूचक ६५ अंकले बढ्यो ‍

2 years ago

नेप्से परिसूचक ६५ अंकले बढ्यो ‍

साताको तेस्रो दिन मंगलबार ‍‍सेयर बजार ६५ अंक भन्दा धेरैले कारोबार ‍भएको छ ।  नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७ दशमलव ७३ अंकमा पुगेको छ ।

मंगलबार होटल बाहेकका सबै समूह र ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंकले भन्दा धेरैले वृद्धि भएको छ ।

दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर ‍किनबेच भएका छन् भने ‍ कारोबार रकम ८ अर्ब ४२ करोड २८ लाख ६६ हजार ८ सय २७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ‍ ।

दिनभर भएका ७३ हजार ३ सय मंगलबार सबैभन्दा धेरै बिमा समूह र लघुवित्त लगानीकर्ताहरुले कमाएका छन् ।

निर्जिवन बिमा समूह ५ अंकले भन्दा धेरैले बढेको छ भने लघुवित्त ३ दशमलव ८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । सबै सबइन्डेक्सहरु बढेको छ भने  होटल समूहको सब इन्डेक्स भने २ प्रतिशत भन्दा धेरैले घटेको छ ।