नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय

2 years ago

नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय गरेको छ ।

त्यसको जिम्मा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिइएको छ । श्रम सम्झौतापछि नेपाली कामदार केयर गिभरको रूपमा इजरायल जानेछन् ।

नेपाली श्रमिकहरूले त्यहाँका कामदार सरह सेवा, सुविधा सर्त पालना गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाई छ । त्यस्तै  आधिकारीक ट्रेड युनियनको निर्वाचन वि.स .२०७७ मंसिर २७ गते गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।