नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठकमा पाँच वटा मूख्य एजेन्डा निर्धारण

2 years ago

नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठकमा पाँच वटा मूख्य एजेन्डा निर्धारण

नेपाल-भारत वाणिज्य सचिव स्तरीय अन्र्तगत सोमबार सुरु हुने भर्जुअल वार्ताका लागि नेपालले पाँच वटा मूख्य एजेन्डा निर्धारण गरेको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाल र भारतबीच भएको पारवहन तथा व्यापार सन्धी पुनरावलोकन गर्ने  मुख्य एजेन्डा भएको  जनाएको छ भने दुई देशबीच हुने लगानी प्रवर्द्धन, सीमामा व्यापार पूर्वाधार निर्माण तथा व्यापार सहजीकरण पनि वार्ताको प्रमुख एजेन्डा भएको मन्त्रालयले जानकारी दिएको छ।

नेपालले दुई देशबीच संयुक्त बिजनेस फोरम बनाउने प्रस्ताव राख्ने छ । नेपाल र भारतबीच हुने व्यापारमा गुणस्तर तथा सहजीकरण र नयाँ बजारीकरणको सम्भावनाबारे पनि छलफल गर्न नेपालले प्रस्ताव गरेको छ ।