नेपाली बजारमा सुनको मुल्य ८ सयले बढ्यो

2 years ago

नेपाली बजारमा सुनको मुल्य ८ सयले बढ्यो

नेपाली बजारमा केहीदिन लगातार घटेको सुन आज प्रतितोला ८ सयले बढेको छ ।

बजारमा मूल्य बढेसँगै शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज  ८९ हजारमा पुगेको हो। चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो र अन्तर्राष्ट्रिय बजारमा सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।