नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड ५० औं वर्षमा प्रवेश

2 years ago

नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड ५० औं वर्षमा प्रवेश

त्रिभुवन बिमानस्थलको कार्गो व्यवस्थापन गर्दै आएको नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड ५० औं वर्षमा प्रवेश गरेको छ ।

बार्षिकोत्सवका अवसरमा कम्पनीले कार्यलय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । यस वर्ष  कोरोना महामारीका कारण अन्य कुनै विषेश कार्यक्रम नगरिएको कम्पनीले जनाएको छ । कम्पनी परिसरमा विभिन्न जातका २५ भन्दा बढि विरुवा रोपिएको थियो ।

कम्पनीका शाखा प्रवन्धक रोमण श्रेष्ठले परिसरमा वातावरण सन्तुलित गर्न तथा रुख रोप्नुपर्ने अभियानलाई प्रोत्साहन गर्न वृक्षारोपण गरिएको जानकारी दिनुभयो ।

बार्षिकोत्सवका अवसरमा रक्तदान लगाएतका कार्यक्रम गर्ने योजना भएपनि कोरोनाका कारण वृक्षारोपणमा मात्र सीमित रहेको उहाँले बताउनु भयो । त्यस्तै कम्पनीका सहायक प्रवन्धक आषिश चौधरीले कोरोनाका कारण बार्षिकोत्सवलाई वृक्षारोपणमा सिमित गरिएको बताउनुभयो ।

त्यस्तै कम्पनीका शाखा अधिकृत विष्णु प्रसाद न्यौपाने कम्पनीलाई अघि बढाउन आगामी दिनमा एकीकृत भएर अघि बढ्ने उल्लेख गर्नुभयो  कम्पनीले आगामी दिनमा चूस्तदुरुस्त सेवा प्रवाहलाई प्रभावकारी बनाउने जनाएको छ ।