नेपाली कांग्रेस बैठक कात्तिक २१ बस्ने

2 years ago

नेपाली कांग्रेस बैठक कात्तिक २१ बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिनुभएको हो । उक्त बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका बारेमा केन्द्रित रहने पनि मुख्य सचिव पौडेलले जानकारी दिनुभएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।