नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको इतिहासकै ठूलो आईपीओ आजदेखि

2 years ago

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको इतिहासकै ठूलो आईपीओ आजदेखि

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क ( निफ्रा ) को साधारण शेयर खुल्ला भएको छ ।

शुक्रबारदेखि  बैङ्कले ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि खुल्ला गरिएको हो । यो शेयर हालसम्म ईतिहास कै सबैभन्दा ठूलो हो । यो शेयरका लागि आगामी ६ गतेसम्मको लागि   आवेदन दिन सकिनेछ ।

नेपालकै एकमात्र पूर्वाधार बैङ्कको रुपमा रहेको इन्फ्रास्ट्रक्चर बैङ्कले आफ्नो चुक्ता पुँजीलाई २० अर्ब पुर्याउन सो बराबरको आईपीओ ल्याएको  हो । ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लगानीकर्तालाई तथा ०।

२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिनेछ ।