नेपाललाई कोरोना महामारी विरुद्ध लड्न फिनल्याण्डद्वारा स्वास्थ्य समाग्री प्रदान

2 years ago

नेपाललाई कोरोना महामारी विरुद्ध लड्न फिनल्याण्डद्वारा स्वास्थ्य समाग्री प्रदान

नेपाललाई कोरोना महामारी विरुद्ध लड्न फिनल्याण्डद्वारा स्वास्थ्य समाग्री प्रदान गरेको छ । फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार सर्जिकल माक्स, १ लाख ६४ हजार विनाइल ग्लोभ, २६ हजार थान गाउन, ३ लाख ५० हजार थान के एन मास्क र २ लाख ८८ हजार थान फेस सिल्ड नेपाललाई प्रदान गरेको हो ।

चार्टड विमानमा आएको उक्त सामाग्री सामग्री शुक्रवार नेपाल स्थित फिनल्याण्डका राजदूत प्रेटी एन्टीनेनले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो क्रममा मन्त्री त्रिपाठीले संकटको समयमा स्वास्थ्य सामग्री सहयोग गरेकाले फिनिस सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालमा कोरोनासंग लड्न अन्य देशले गरेको सहयोग महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

कोरोनाको लहर थप चूनौतिपूर्ण रहेकाले यससंग लड्न सरकार तयारी अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले खोपको सहज पहूँचका लागी सरकार प्रयत्नशिल रहेको र छिटै खोपहरु ल्याइने उल्लेख गर्नुभयो ।

त्यस्तै बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर र १९ हजार २ सय आई प्रोटेक्टर छन्। सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ ।