नेपालमा सोमबार थप १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि

2 years ago

नेपालमा सोमबार थप १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि

नेपालमा सोमबार थप १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार ८१ पिसिआर परिक्षणका क्रममा ९ सय ७५ जना र ३ हजार ४ सय ७ एन्टीजेन परिक्षणका क्रममा ३०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८३ हजार २ सय २१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार २ सय ६२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६२ हजार ४ सय १६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल १८ हजार ८ सय ४८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५६ जना क्वारेन्टाइनमा छन् ।