नेपालमा सुनको मुल्य एक लाख नाघ्यो

2 years ago

नेपालमा सुनको मुल्य एक लाख नाघ्यो

हाल माहामारीका कोरोना संक्रमणको बेला सुनको मूल्य तोलाको एक लाख रुपैयाँ पुगेको छ । यो सबैभन्दा उच्च सुनको मूल्य रहेको छ ।

नेपालमा सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दिनमा तोलाकै १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो ।हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँदी तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनकरी गरिएको छ ।