नेपालमा प्रयोग भइरहेको एस्ट्राजेनेकाको खोप सुरक्षित रहेको अमेरिकी परीक्षणमा पुष्टि

2 years ago

नेपालमा प्रयोग भइरहेको एस्ट्राजेनेकाको खोप सुरक्षित रहेको अमेरिकी परीक्षणमा पुष्टि

नेपालमा अहिलेसम्म प्रयोग भएको कोभिडविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप बहुप्रतीक्षित अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ।

यो खोप अमेरिका, चिलप् र पेरुका ३२,००० भन्दा बढी स्वयंसेवकमा परीक्षण गरिएको थियो। परीक्षणमा खोप लक्षणयुक्त कोभिड रोक्न ७९ प्रतिशत प्रभावकारी र गम्भीर बिरामी हुन रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ। अनि रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको छ।

यो नतिजापछि हालै यस खोप कार्यक्रम रोकेका युरोपेली देशहरूको रगत जमेको घटनासँग खोपको सम्बन्धसम्बन्धी चिन्ता हट्ने विश्वास गरिएको छ। युरोपेली औषधि नियामक निकायले समीक्षा गरी सुरक्षित र प्रभावकारी रहेको बताएपछि केही देशहरूले स्थगित खोप कार्यक्रम पुनः सुरु गरिसकेका छन्।

कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणको तथ्याङ्कले खोपलाई थप विश्वसनीय र ६५ वर्षभन्दा माथि उमेरका व्यक्तिमा प्रयोग गर्न सकिने देखाएको छ। केही देशहरूले सुरुमा तथ्याङ्क नभएका कारण ६५ वर्षभन्दा माथिका व्यक्तिलाई यो खोप दिएका थिएनन्।

तर अमेरिकी परीक्षणमा २० प्रतिशत सहभागी ६५ वर्षमाथि व्यक्ति रहेका थिए जसलाई चार हप्ताको फरका दिइएको दुई मात्रा खोपले युवा वर्गलाई जस्तै सुरक्षा दिएको थियो। अन्य देशहरूमा लाखौँ व्यक्तिले खोप लगाइसकेका छन् यसर्थ परीक्षणमा सहभागीको सङ्ख्या एकदमै ठूलो होइन।

तर यो नतिजा अमेरिकामा खोपले अनुमति प्राप्त गर्नका लागि आवश्यक थियो। त्यहाँ खोपले आगामी एक दुई महिनामा अनुमति प्राप्त गर्ने ठानिएको छ।

अक्सफर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रू पोलर्डले भने, ‘यो नतिजाले नयाँ जनसङ्ख्यामा खोपको प्रभावकारिता सिद्ध गरेको छ र यो हाम्रो परीक्षणको नतिजासँग मिल्दोजुल्दो छ।