नेपालमा कोरोना विरुद्धको खोप ४ लाख २९ हजार भन्दा बढीले लगाए

2 years ago

नेपालमा कोरोना विरुद्धको खोप ४ लाख २९ हजार भन्दा बढीले लगाए

नेपालमा मंगलबारसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् भने माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४८० जनाले खोप लगाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालय लगायत काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३६० जनाले खोप लगाएका छन् ।

फागुन १० गतेसम्म नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताएको छ ।