नेपालमा कोरोना अहिले सम्मकै उच्चतम रेकर्ड १४५४ जनामा पुष्टि

2 years ago

नेपालमा कोरोना अहिले सम्मकै उच्चतम रेकर्ड १४५४ जनामा पुष्टि

नेपालमा शुक्रबार थप १४५४ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४६३ महिला र ९९१ पुरुष गरि १४५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १९४ महिला र ४२६ पुरुषगरि  ६२०, ललितपुरमा १७ महिला र २१ पुरुष  गरि ३८ र भक्तपुरमा १७ महिला र २१ पुरुष  ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५१९१९ जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । शुक्रबार ९७२ जना डिष्चार्ज भएका छन् भने हालसम्म ३६६७२ जना डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल सक्रिय संक्रमितको संख्या १४९२५ जना छन् । त्यस्तै क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन् ।