नेपालमा आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

2 years ago

नेपालमा आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।

मन्त्रालयका अनुसार  बीपी कोइराला अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा २ जना , कोशी अस्पताल बिराटनगरमा १४ जना, प्रदेशिक अस्पताल विराटनगरमा २३ जना, नारायणी अस्पताल बीरजंगमा ३२ जना, टेकुमा १ जना, शुक्रराज अस्पतालमा ७ जना, भरतपुर अस्पताल चितवनमा १ जना, शिक्षण अस्पतालमा ३ जना , पोखरामा १० जना, भेरी अस्पतालमा ८ जना , लुम्वीनी अस्पताल बुटवलमा ८ जना, सुर्खेतमा ३ जना , दैलेखमा ८ जना , सेती अस्पतालमा गरिएको परिक्षणका क्रममा ८ जनामा कोरोना पुष्टि भएको हो ।

गत २४ घण्टामा ३९८७ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । शुक्रबार थप १०७ जना डिष्चार्ज भएका छन् भने हालसम्म १२ हजार ९४७ जना डिष्चार्ज भएका छन् ।