नेदरल्याण्ड्सले कोरोना भाइरस विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय

2 years ago

नेदरल्याण्ड्सले कोरोना भाइरस विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय

नेदरल्याण्ड्सले कोरोना भाइरस विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

यो खोप लगाएपछि देखिनसक्ने सम्भावित साइड इफेक्टको आशंकाको कारण नेदरल्याण्ड्सले मुलुकमा यो खोपको प्रयोगमा रोक लगाउने  र नेदरल्याण्ड्सको सरकारले यो प्रतिबन्ध मार्च २९ सम्म जारी रहने बताएको छ ।

नर्वेमा यो खोप लिएका केही मानिसको रक्तनलीमा रगत जम्ने समस्या देखिएसँगै अन्य केही मुलुकले पनि यो खोपमा तत्कालका लागि रोक लगाउने निर्णय गरिसकेका छन् ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने रक्तनलीमा रगत जम्ने समस्याको खोपसँग कुनै पनि सम्बन्ध नभएको बताएको छ । रक्तनलीमा रगत जम्ने समस्याबारे अध्ययन गरिरहेको छ ।

ईएमएले जोखिमको तुलनामा खोपको फाइदा धेरै रहेको युरोपेली मेडिसिन्स एजेन्सीले बताएको छ । नेदरल्याण्ड्सले गम्भीर किसिमको साइड इफेक्टबाट बच्न यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ र एस्ट्राजेनेकाले भने खोपको सम्बन्ध रक्तनलीमा रगत जम्नुमा हुने गरेको कुनै प्रमाण फेला नपरेको बताएको छ ।