नेकपा सरकारले जनताले अपेक्षा गरे अनुसारको विकास परियोजना अगाडि बढाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाई

2 years ago

नेकपा सरकारले जनताले अपेक्षा गरे अनुसारको विकास परियोजना अगाडि बढाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताउनुभएको छ ।

संविधान दिवस, २०७७ का अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाउनुभयो ।

सीमानाका समस्या समाधान गर्ने तथा नेपालको भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प सवैले गरेको उहाले बताउनुभयो ।

उहाँले संविधान दिवसको ऐतिहासिक अवसरले सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।  राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उहाको भनाई छ ।

उहाँले नेपालको बृहत एकता, यसको राष्ट्रिय स्वाधितनता, आत्मसम्मानको वृद्धि र नेपाली जनताको समृद्धिको आकांक्षा संविधानको अपेक्षाका रुपमा रहेको उल्लेख गर्दै इतिहासको मूल्याङ्कनको दृष्टिले पाँच वर्षलाई लामो समयका रुपमा लिन नहुने बताउनु भयो ।