नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा

2 years ago

नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा दिनुभएको छ ।

विहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले सत्ता गठबन्धन चुनावमा जानको लागि डराएको पनि बताउनुभयो । संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरुको माग भएको उहाँको भनाई छ ।

रायमाझीले आफ्नो पार्टीले उठाएका माज पूरा नभएसम्म संसद् अवरुद्ध कायमै रहने पनि स्पष्ट पार्नुभयो । एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरुको धारणा आउने उहाँले बताउनुभयो ।

उहाँले एमाले र माओवादी केन्द्रबीच हतारमा एकता गरिएको भन्दै गुनासो पोख्नुभयो । नेकपा हुँदा सहमतिमै पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाईएको र तीन वर्षसम्म सबै ठीकठाक चलेको उहाँले बताउनुभयो ।

उहाँले संविधानको पालना नहुने अवस्था आएपछि संसद् विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकोले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि जिकिर गर्नुभयो ।