नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको भनाई

2 years ago

नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको भनाई

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको बताएउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ९ ले विहिबार गरेको अगुवा कार्यकता भेलामा बोल्दै शिक्षामन्त्री श्रेष्ठले पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई पेण्डुलम बताउनु भएको हो ।

उहाँले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताउनु भयो । मन्त्री श्रेष्ठले प्रचण्ड माधव नेपालले सूर्य चिन्ह पाउने भएपनि भीम रावल र नारायणकाजी श्रेष्ठले सूर्य चिन्हमा चुनाव लड्न नपाउने जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको बताउँदै आफुहरुले कसैलाई पनि पार्टीबाट निष्काशन नगरि सदस्यहरु मात्रै विस्तार गरेको बताउनु भयो ।

नेकपा प्रधानमन्त्री ओली पक्ष बैधानिक भएकले दाबी गर्दै मन्त्री श्रेष्ठले सूर्य चिन्ह आफ्नो समुहले पाउने जिकिर गर्नुभयो । अगुवा कार्यकर्ता भेलामा काठमाडौ क्षेत्र नं ९ का अगुवा कार्यकर्ता सहित काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको समेत उपस्थिति रहेको थियो ।