नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्ने निर्णय

2 years ago

नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्ने निर्णय

नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । गठित कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने छ ।

बैठकले असंवैधानिक संसद विघटनमा आन्दोलनका लागि पूरा शक्ति लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रचण्डले अहिलेको लडाइँ विधि, पद्धति र सिद्धान्त मान्ने कि नमान्ने भन्ने बीचको भएको बताउनु भएको थियो । कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न एकतावद्ध हुनुपर्नेमा प्रचण्डले जोड दिनुभएको थियो ।

त्यस्तै अध्यक्ष माधव कुमार नेपालले संसद विघटन विरुद्धको आन्दोलनलाई सफल पार्न निर्देशन दिनु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।