नेकपा एमालेले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल सुरु

2 years ago

नेकपा एमालेले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल सुरु

नेकपा एमालेले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल सुरु गरेको छ । आइतबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल भएको र यसलाई सुझाव सहित निष्कर्षमा पुराउन प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

दस्तावेजमाथि सोमबार पुन छलफल हुने र छलफल गरेर आएका सुझावसहितको आधारमा परिमार्जन गरेर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने भट्टराईले बताउनुभयो । एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । स्थायी कमिटी सोमबार पुन बस्ने बताइएको छ ।