नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मलाई स्थगित

2 years ago

नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गते सम्मलाई स्थगित

नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङले अध्यक्षद्वय केपी ओली र प्रचण्डको फरक फरक प्रतिवेदन समायोजन गरी एउटै राजनीतिक प्रतिवेदन ल्याउने सहमति बनेको बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा तामाङले अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदनको आरोप प्रत्यारोपलाई फिर्ता लिएर सकारात्मक र समिक्षात्मक विषय समावेश गरी साझा प्रतिवेदन बनाइने सहमति भएको बताउनु भयो ।

पार्टीमा पछिल्लो समय उठेका कतिपय विषयहरुको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति समेत बनेको उहाले बताउनु भयो । पार्टीभित्र बहस र विवाद हुनुलाई सामान्य भन्दै समस्याको समाधान गरिने उहाले बताउनुभयो ।

साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै असफल प्रधानमन्त्री भएकाले पदमा बस्ने नैतिक आधार समाप्त भएको बताउनु भयो । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल विकल्प नखोजिए राजनीतिक प्रणाली नै धरापमा पर्ने बताउनुभयो ।

उहाले पछिल्लो समय राजावादीको प्रदर्शनमा सत्तापक्षकै संलग्नता देखिएको टिप्पणी गर्नुभयो । नेकपाको झगडाले गणतन्त्र र संघीयताका विरोधीहरुले टाउको उठाउन थालेको उहाको भनाई छ ।