नेकपाको सचिवालय बैठक सोमबार बस्दै

2 years ago

नेकपाको सचिवालय बैठक सोमबार बस्दै

सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

स्रोतका अनुसार सचिवालय बैठक  सोमबार विहान साढे ९ बजे  बस्न  बोलाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना रहेको छ ।

वरिष्ट नेताहरुले  शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए ।